काठमाडौं । कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् । सामाजिक सञ्जालबाट भ्रम फैल्याएको भन्दै राधिकाले दिइएको उजुरीका आधारमा वेदिकालाई पक्राउ गरिएको हो ।
साइबर ब्युरोको टोलीले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरेको प्रवक्ता एवम् एसपी दिलीप कुमार गिरिले बताए । अर्की एक महिलाको उजुरीका केसी पक्राउ गरिएको भन्दै उनले गाली बेइज्जती तथा अफवाह फैल्याएको उजुरी अनुसार अनुसन्धानका लागि हिरासतमा राखेको बताए ।
वेदिकाले खासगरी हिन्दु र सनातन धर्ममा रहेको विकृतिको भण्डाफोर गरिरहेको दाबी गर्थिन् । त्यस्तै उनले कथित धामी र माताहरूविरुद्ध पनि बोल्दै आएकी थिइन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















