काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गतको त्रिदेशिय सिरिजमा नेपालले खराब शुरुवात गरेको छ । मंगलबार सम्पन्न खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १५८ रनको लक्ष्य पछाएको नामिबियाले ३७.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ४६.५ ओभरमा अल आउट हुदै १५७ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ३१, दिपेन्द्र सिंह ऐरीले ३०, गुलशन झाले २०, करण केसीले १८ र आसिफ सेखले १६ रन बनाएका थिए ।
त्यसैगरी नामिबियाका बलर जेजे स्मितले ६ विकेट लिएका थिए भने ज्याक ब्रासेल र बेर्नार्ड स्कोल्जले २–२ विकेट लिए । यो जितपछि लिग–२ मा नामिबियाको २९ खेलमा २४ अंक भएको छ भने नेपालको पनि २९ खेलमा २४ अंक नै रहेको छ । अब सिरिजको अर्को खेल विहिबार नेपाल र नेदरल्याण्डसबीच हुने तालिका छ ।






















