Spread the love

काठमाडौं । अतिरिक्त समयमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ । न्यु जर्सीमा सम्पन्न फाइनलको निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको १०६ औँ मिनेटमा बार्सिलोनाका विंगर टोरेसले गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए ।

लुइस डे ला फुएन्तेको प्रशिक्षणमा रहेको स्पेनले खेलको सुरुआतदेखि नै बल नियन्त्रण र आक्रामक खेलमा प्रभाव जमाएको थियो । स्पेनले अर्जेन्टिनालाई १२० मिनेटको खेलमा दुईवटा मात्र प्रहार गर्न दिँदै लगातार दबाबमा राखेको थियो ।
निर्धारित समय सकिनुअघि चेल्सीका मिडफिल्डर एन्जो फर्नान्डेज दोस्रो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो। त्यसको फाइदा उठाउँदै स्पेनले अतिरिक्त समयमा दबाब बढाएको थियो ।

खेल सकिएपछि पनि मैदानको अवस्था तनावपूर्ण बन्यो । लियान्द्रो परेडेसले गाभी र एरिक गार्सियालाई धकेलेपछि दुवै टोलीका खेलाडीबीच विवाद भएको थियो । उक्त घटनापछि परेडेसले समेत रातो कार्ड पाए । उपाधि वितरण समारोहमा स्पेनका कप्तान रोड्रीलाई विश्वकप ट्रफी प्रदान गरिएको थियो । रोड्री प्रतियोगिताको उत्कृष्ट खेलाडीसमेत घोषित भए । अर्जेन्टिनाका कप्तान लियोनल मेसी उपविजेताको पदक लिन जाँदा भावुक देखिएका थिए । उनको सम्मानमा रंगशालामा उपस्थित समर्थकहरूले ताली बजाएका थिए । तर, लगातार दोस्रोपटक विश्वकप जित्ने मेसी र अर्जेन्टिनाको सपना भने पूरा हुन सकेन । यस जितसँगै स्पेनले सन् २०१० पछि पहिलोपटक तथा समग्रमा दोस्रोपटक पुरुष विश्वकपको उपाधि जितेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्