काठमाडौं,३१ असार ।
अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीहरू आज सिंहदरबारमा आन्दोलनमा उत्रिएका छन् । अस्थायी, करार र दैनिक ज्यालादारी कर्मचारीलाई साउन १ गतेदेखि घर पठाउनेबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल भएको भन्दै कर्मचारीहरू आन्दोलित भएका हुन् ।
सरकार मातहत रहेका करिब ५० हजार बढी कर्मचारी घर फर्कनुपर्ने अवस्था आउन लागेको विरोधमा कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले आगामी आर्थिक वर्षदेखि अस्थायी र करारका कर्मचारीहरूको सट्टा ठेक्का प्रक्रियाबाट जनशक्ति आपूर्ति गर्ने नीति अघि सारेको छ ।
आन्दोलनरत कर्मचारीहरूले एक पटकका लागि प्रक्रिया पु¥याएर आफूहरूलाई स्थायी गरिनुपर्ने, सर्वोच्च अदालतले कर्मचारीको पक्षमा गरेका फैसलाहरू कार्यान्वयन हुनुपर्ने र सामाजिक सुरक्षा कोषको व्यवस्था गरिनुपर्ने माग राखेका छन् ।




















