Spread the love

कर्णालीं,३० असार

नेपाली कांग्रेसबाट कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले सामूहिक रुपमा राजीनामा दिएका छन् । सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार आज बिहान मन्त्रिपरिषद बैठकअघि मुख्यमन्त्री यामलाल कडेललाई भेटेर उनीहरूले सामूहिक रूपमा राजीनामा बुझाएका हुन् ।

कर्णालीमा कांग्रेसका घनश्याम भण्डारी, राजीवविक्रम शाह, सुरेश अधिकारी र विजया बुढा मन्त्री थिए । कर्णालीमा ७ सदस्यीय मन्त्रिपरिषद रहेको छ। जसमा कांग्रेसबाट ४ र एमालेबाट ३ जना मन्त्री रहका थिए।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्