काठमाडौ,३१ असार ।
नेपाल आयल निगमले आज (बुधबार)देखि लागू हुने गरी देशैभरि पूर्ण क्षमताको ग्यास सिलिन्डर बिक्री गर्ने भएको छ । निगमले सार्वजनिक गरेको सूचना अनुसार बुधबारदेखि साबिक बमोजिमको १४.२ के।जी। क्षमताको ग्यास सिलिन्डर पुनः बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको हो ।
बजारमा उपलब्ध हुने पूर्ण क्षमताको ग्यास सिलिन्डरको मूल्य २,०६० रुपैयाँ तोकिएको छ । इन्डियन आयल कर्पोरेसनका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीहरुबाट भइरहेको लोडिरिङ अवस्थामा उल्लेखनीय सुधार आएपछि यो निर्णय लिएको निगमले सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको । यसअघि निगमले २९ फागुनबाट ७.१ केजी मात्र (आधा सिलिन्डर) ग्यास बिक्री वितरण गर्दै आएको थियो ।




















