काठमाण्डौ । जारी विश्वकप २०२६ मा दाबेदार फ्रान्सलाई पाखा लगाउदै स्पेन फाइनलमा स्थान बनाएको छ । बुधबार डालासको एटी एन्ड टी रंगशालामा पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० गोलले पराजित गर्दै स्पेन फाईनलमा प्रवेश गरेको हो ।
सन् २०१४ मा दक्षिण अफ्रिकामा आफ्नो फुटबल इतिहासमा एकमात्र विश्वकप उपाधि जितेपछि स्पेन पहिलो पटक फाइनल पुगेको हो । स्पेनको यात्रा एतिहासिक रहेको छ, टोलीले फाइनलसम्म पुग्ने क्रममा केवल १ गोल खर्चेको छ । रोड्रीले मिडफिल्डमा वर्चस्व जमाएपछि स्पेनले बल आफ्नो नियन्त्रणमा राख्दै फ्रान्सलाई बिरलै अवसर दिएको थियो । उल्टै स्पेनले फ्रान्समाथि लगातार आक्रामण गरेको थियो । मिकेल ओयारजबलले पेनाल्टीमा गोल गरी स्पेनलाई २२ औं मिनेटमा अग्रता दिलाए ।
यस विश्वकपमा यो उनको पाँचौं गोल हो । लुकास डिग्नाले लामिन यमाललाई लडाएपश्चात स्पेनले सो पेनाल्टी पाएको थियो । डानी ओल्मोसँगको वान टच पासलाई अगाडि बढाउँदै स्पेनबाट पेड्रो पोरोले ५८ औं मिनेटमा दोस्रो गोल गरे । स्पेनले पछिल्ला ११ खेलमा फ्रान्समाथि हात पारेको यो आठौं विजय हो । युरो २०२४ जित्ने क्रममा पनि स्पेनले सेमिफाइनलमा फ्रान्समाथि २–१ को विजय हात पारेको थियो । फ्रान्स भने लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट चुकेको छ । स्पेनले आइतबार न्यु जर्सीमा हुने फाइनलमा अर्जेन्टिना र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइलनको विजेतासँग खेल्ने छ ।





















