Spread the love

बुटवल, ३० असार ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ तिनकुने क्षेत्रमा गएराति भएको स्कुटर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार मृत्यु हुनेमा बुटवल–९ एकतापथ निवासी २१ वर्षीय रिवाज श्रेष्ठ रहेका छन् ।

होराइजन चोकबाट तिनकुनेतर्फ जाँदै गरेको लु ७८ प ७४१७ नम्बरको स्कुटर सोमबार राति करिब १२ः१५ बजे अनियन्त्रित भई हाईमास्ट लाइटको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइए पनि उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्