Spread the love

काठमाडौं, ३० असार ।

सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत मण्डलको आज बिहान २ः०५ बजे निधन भएको अस्पतालका मेडिकल डाइरेक्टर किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको थियो ।

२५ वर्षीय विवेकले शुक्रबार आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका थिए । उनी घरबाट करिब २ सय मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाएका थिए । बिहीबार मात्रै त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले पनि आत्मदाह प्रयास गरेका थिए । उनलाई शुक्रबार वीर अस्पतालमा उपचारका क्रममा मृत घोषणा गरिएको थियो । शनिबार काठमाडौंको बुद्धनगरमा पनि एक जनाले आत्मदाह गरेका थिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्