Spread the love

बुटवल, २० असार ।
यस क्षेत्रका रोटरी क्लबहरुको साथ र सहयोगसहित सामाजिक कार्य गर्ने रोटरी क्लब अफ बुटवल डाउनटाउनका अध्यक्ष धर्मदत्त ज्ञवालीले बताएका छन । क्लबको १०७९ औ तथा रोटरी वर्ष २०२६–२७ को पहिलो नियमित बैठकमा उनले विगतबाट निरन्तर गर्दै आएको शिक्षा, स्वास्थ्य तथा महिला सशक्तिकरणका अभियानका साथ थप नया डिष्ट्रिक परियोजनामा समेत काम अघि बढाउने बताए । यसैबिच क्लबको ऐतिहासिक २५औँ वर्ष (रजत जयन्ती वर्ष) लाई भव्य, प्रभावकारी र उपलब्धिमूलक रूपमा मनाउने तयारीमा आफु लागेको उनले बताए । योसंगै वर्ष २०२६–२७ को औपचारिक शुभारम्भ भएको छ ।

कार्यक्रममा रोटरी क्लब अफ बुटवलका अध्यक्ष यज्ञनाथ पाण्डेले सामाजिक क्षेत्रमा सामुहिक भावना विकास गर्दै अघि बढ्दा प्रभावकारी हुने बताए । भौतिक रुपमा परिवर्तन हुने गरि यो वर्ष उत्कृष्ट योजना बनाएर सहकार्य गर्न समेत आग्रह गरे ।

यसैबिच बैठकमा निवर्तमान अध्यक्ष बाबुराम बन्जाडेलाई सफल कार्यकाल सम्पन्न गरेकोमा क्लबका तर्फबाट सम्मान गरिएको थियो । आगामी १५ जुलाई मा पूर्व डिजि सञ्जय गिरीको प्रमुख आतिथ्यतामा क्लबका पदस्थापन कार्यक्रम गरिने क्लबका सचिव योगेन्द्र प्रसाद पन्थीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्