Spread the love

काठमाण्डौ, २० असार ।
साविक विजेता अर्जेन्टिनाले केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । फिफा विश्वकप २०२६ अन्तरगत राउन्ड अफ ३२ मा शनिबार बिहान मियामी स्टेडियममा भएको खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको २९ औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर ५९ औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा ल्याए । निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयको ३० सेकेण्डमा नै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले अग्रता दिलाए । त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काएका हुन् । तर १११ औं मिनेटमा डाइनी बोर्जेसले आत्मघाती गोल गर्दा केप भर्डे पराजित हुन पुग्यो । साविक विजेताविरुद्ध नवप्रवेशी केप भर्डेले उत्कृष्ट प्रदर्शन गरेपनि हारबाट जोगाउन सकेन । केप भर्डेलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको अर्जेन्टिनाले क्वार्टरफाइनल प्रवेशका लागि इजिप्टसँग खेल्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्