Spread the love

बुटवल, १८ असार ।
इस्लामिक नया वर्ष १४४८ को अवसरमा बुटवलका मुस्लिम समुदायले विविध रचनात्मक कार्यक्रम गरि मनाएका छन । इस्लाम धर्मावलम्बीहरुको इस्लामिक नयाँ वर्ष १४४८ तथा मोहर्रम महिनामा कर्बलामा सहिद हुनुभएका इमाम हुसेनको सम्झनामा विहिबार रजा ए–मुस्तफा मस्जिद समितिले नन्दिनी गौशालामा गौआहार वितरण गरेको हो ।

एक समारोहका बिच रजा ए–मुस्तफा मस्जित समितिका अध्यक्ष हाजी अब्दुल सहमत मियाले बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयमार्फत गौशालालाई गौआहार हस्तान्तरण गरे । सो अवसरमा प्रमुख पाण्डेयले धार्मिक सहिष्णुता झल्किन गरि मुस्लिम समुदायबाट महत्वपूर्ण सामाजिक कार्य भएको बताए । बुटवलमा ११८ वर्षको ईतिहास बोकेको मस्जिद समिति विगतबाट नै यस क्षेत्रको विभिन्न सामाजिक कार्यमा हातेमालो गर्दै आएको स्मरण समेत गरे । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा सञ्चालन भैरहेको गौशाला ब्यवस्थापकिय कठिनाईबारे प्रकाश पार्दै नगरबासीको सहयोग आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा रजा ए–मुस्तफा मस्जित समितिका अध्यक्ष हाजी अब्दुल सहमत मियाले मुस्लिम समुदायबाट नयाँ वर्षको अवसरमा विभिन्न सामाजिक कार्य गदैै सप्ताहब्यापी रुपमा मनाईरहेको बताए । अनाथअपाङता भएका बालबालिकाहरुलाई खाना खुवाएर शुभारम्भ गरिएको कार्यक्रम विहिबार गौशालामा सहयोग गरिएको उनले बताए । उनले गौशालामा झण्डै ५० हजार बराबरको गाईवस्तुलाई आवश्यक पर्ने २५ बोरा खाद्य वस्तु हस्तान्तरण गरेको बताए । यसैबिच २२ गते वृहत रक्तदानको कार्यक्रम राखिएको उनले बताए ।

मुस्लिम समुदायका २६ जना बालबालिकाहरुलाई आवासिय शिक्षा प्रदान गरेको उनले बताए । यसका साथै भाषा, संस्कृति संरक्षण गर्ने उदेश्यका साथ उर्दु र अरबी भाषा ज्ञान समेत दिदै आएको उनले बताए । नयानया प्रविधिबाट शिक्षा दिने गरि आफुहरुले धार्मिक शिक्षकबाट शिक्षा प्रदान गर्दै आएको उनले बताए । कार्यक्रममा समितिका उपाध्यक्ष तथा कार्यक्रम संयोजक खलिल मिया, महासचिव हसर दिन मियाले आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।

भिडियो रिर्पोट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्