काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले अन्तराष्ट्रिय बजारको मूल्यसंग समायोजन हुने गरि बुधबार देखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाउने निर्णय गरेको हो । यससँगै खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ ।
नयाँ मूल्य लागू भएपछि पेट्रोल, डिजेल तथा एलपी ग्यास प्रयोग गर्ने सर्वसाधारण, यातायात व्यवसायी र उद्योग क्षेत्रले प्रत्यक्ष राहत पाउने अपेक्षा गरिएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावटलाई आधार बनाएर निगमले मूल्य समायोजन गरेको जनाएको छ । मूल्य घटेसँगै दैनिक उपभोग खर्चमा केही सहजता आउने विश्वास गरिएको छ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















