Spread the love

बुटवल,१४,असार ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरमा पहिलो स्थान हासिल गरेको छ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको कार्यालय कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी प्रहरी सेवाका आधारमा गरेको मूल्याङ्कनमा देशभरमा पहिलो स्थान हासिल गरेको हो ।

कार्यालयले  सीमा सुरक्षा, अपराध नियन्त्रण, मानव बेचबिखन तथा ठगीविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएको छ ।  प्रदेश प्रहरीले साइबर अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘ह्याक फर सेफ्टी’ जस्ता कार्यक्रम सञ्चालन गरी प्रहरी सेवामा नयाँ अभ्यासको सुरुआत गरेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्