Spread the love

काठमाडौं, १४ असार ।
भुटानमा हुने १६ औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिप–२०२६ मा भाग दिने नेपाली खेलाडीहरुलाई टयाकसुट वितरण तथा बिदाई कार्यक्रम गरिएको छ । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिमा नेपालका सात जना खेलाडीहरु सहभागी हुदैछन । प्रतियोगिता असार १६ देखि २० गते सम्म भुटानमा आयोजना हुँदैछ ।

राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको आधिकारिक पत्रअनुसार नेपालबाट विभिन्न तौल तथा फिजिक विधामा सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । टोलीमा बिनु जीटी (महिला मोडल फिजिक १५५ से.मि.माथि), सीता खत्री (महिला एथलेटिक फिजिक), सगेन्द्र सिंह (पुरुष बडीबिल्डिङ ७५ केजी), दीपजंग रोका मगर (पुरुष बडीबिल्डिङ ८० केजी), सागर श्रेष्ठ (पुरुष बडीबिल्डिङ ८५ केजी), आकाश श्रेष्ठ (मेन्स स्पोट्र्स फिजिक १७० से.मि.भन्दा कम) र पुकार श्रेष्ठ (मेन्स स्पोट्र्स फिजिक १७५ से.मि.भन्दा माथि) रहेका छन् ।

टोलीको नेतृत्व नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघका सचिव तथा प्राविधिक निर्देशक दिनेश कुमार राजभण्डारीले गर्नेछन् भने अन्तर्राष्ट्रिय निर्णायकका रूपमा जोन्सन जोन्छेन सहभागी हुनेछन् । नेपाली टोलीलाई विशेष बिदाइ कार्यक्रममा नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघका अध्यक्ष राजेशबाबु श्रेष्ठले खेलाडीहरूलाई सफलताको शुभकामना दिए ।

अन्तर्राष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शनमार्फत नेपालको गौरव बढाउने विश्वास व्यक्त गरे । नयाँबजार डिभाइन फिजिकल फिटनेसका तर्फबाट दिनेश राजभण्डारीले सम्पूर्ण खेलाडीहरूलाई प्रतियोगिताका लागि टी–शर्ट वितरण गरे ।
दक्षिण एसियाली स्तरको प्रतिष्ठित प्रतियोगितामा सहभागी हुन लागेको नेपाली टोलीबाट यसपटक पदकसहित उत्कृष्ट नतिजाको अपेक्षा गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्