काठमाडौ,१९ कात्तिक ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन सुनको मूल्य तोलामा १३ हजार ३ सय रुपैयाँ बढेर प्रतितोला २ लाख ८८ हजार ९ सय रुपैयाँ तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले बढेसँगै नेपाली बजारमा प्रभाव परेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी तोलामा २६५ रुपैयाँ बढेर ३ हजार ९२० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो ।




















