Spread the love

बुटवल,१९ कार्तिक ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १९ को नवनिर्मित बिहीबार वडा कार्यालय भवन उद्घाटन गरिएको छ । एक कार्यक्रमबीच बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले भवनको उद्घाटन गर्दै नवनिर्मित भवनबाट वडावासीलाई सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सकिने बताए ।

आगामी दिनमा पनि वडाको विकास र जनताको आवश्यकता अनुसार सहयोग जारी रहने उनले विश्वास व्यक्त गरे । उपप्रमुख सावित्रादेवी अर्यालले भवन निर्माण गर्नु मात्रै उपलब्धि नभई त्यसबाट नागरिकले सहज र प्रभावकारी सेवा प्राप्त गर्नुपर्ने बताइन् ।

जनताले सहज रूपमा सेवा पाउन सकेमा मात्रै भवन निर्माणको औचित्य पुष्टि हुने उल्लेख गर्दै उनले सेवाप्रवाहलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् ।वडा नम्बर १९ का अध्यक्ष चन्द्रसिं थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली, पूर्वाधार शाखा प्रमुख इन्जिनियर मोहराज पौडेल, वडा सदस्य लक्ष्मी थारू र वडा सचिव मेघराज काफ्लेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

वडा सचिव काफ्लेका अनुसार २ करोड ७३ लाख रुपैयाँको लागतमा वडा कार्यालय भवन तथा ३५ लाख रुपैयाँको लागतमा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न भएको हो ।

 

">
Bajaj Grand Exchange Mela