Spread the love

बुटवल, १० असार ।
बुटवलको अस्पताल लाइनमा रहेको सैनामैना फार्मेसीमा दमको बिरामीलाई प्रयोग हुने नक्कली औषधी बिक्रीवितरण भएको पाईएको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट गएको प्रहरीले फार्मेसी र गोदाममा मंगलबार छापा मार्दा भारतको सिप्ला कम्पनीको सेरोफ्लो २५० रोटाक्याप्स नक्कली औषधी भेटिएको हो ।

पसलबाट ७२ पिस औषधी भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । आवश्यक सोधपुछका लागि फार्मेसी सञ्चालक विष्णु जिसीलाई नियन्त्रणमा लिइएको छ । रिटेयलर गर्दै आएको पसलमा धनगढीबाट मगाईएको औषधी नक्कली आएको संचालकको भनाई छ ।

गोदामबाट केही औषधीको वैध आयात तथा खरिद बिलसमेत फेला नपरेको र तिनको स्रोतबारे अनुसन्धान भइरहेको छ । पक्राउ परेका जिसीविरुद्ध औषधि ऐन तथा जनस्वास्थ्यसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यता नेपाल औषधी ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपानेले पेशाप्रति हरेक ब्यवसायीहरु संवेदनशिल हुनुपर्ने बताए । मानव स्वास्थ्यसंग जोडिएको हुदा पनि आफनो पसलमा आएको औषधीको खरिद बिल, ब्याच नम्बर सबै हेरेर मात्र खरिद र बिक्री गर्नुपर्ने उनले बताए ।

दमका बिरामीले प्रयोग गर्ने यो औषधी के कसरी नक्कली भित्रियो यो विषयमा आवश्यक छानबिन हुनुपर्ने उनले बताए । आजैमात्र नेपाल औषधी विभागले समेत बजारमा नक्कली औषधीबारे सचेत हुन सुचना सार्वजनिक गरको थियो ।

What’s your Reaction?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्