Spread the love

काठमाडौं,८ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्राचार पछि प्रहरीले सुर्खेतमा आयोजित पार्टीको चुनावी समीक्षा कार्यक्रममा सहभागी भइरहेका बेला नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार पौडेल पक्राउ परेलगत्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा समेत छापा मारेको छ । उक्त छापामार कारबाहीका क्रममा आवश्यक कागजात तथा प्रमाण संकलनको काम भइरहेको बताइएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्