Spread the love

काठमाडौं, १ असार ।
अमद डियालोले अन्तिम मिनेटमा गरेको गोल मदतमा आइभरी कोस्टले फिफा विश्वकप २०२६ मा इक्वेडरलाई १–० ले पराजित गरेको छ । फिलाडेल्फिया स्टेडियममा सोमबार बिहान भएको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डियालोले ९० औं मिनेटमा गोल गरे । उनले विलफ्रेड सिंगोको पासमा गोल गरेका हुन् । त्यसअघि पनि खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि फिनिसिङ गर्न सकेन । अन्तिम समयमको गोलले आइभरी कोस्टले समूह इ मा महत्वपूर्ण ३ अंक जोडेको छ ।

यसै समूहको पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ ले पराजित गर्दै विजयी सुरुवात गरिसकेको छ । जर्मनी र आइभरी कोस्टको समान ३ अंक भएपनि गोल अन्तरमा जर्मनी अघि छ । इक्वेडर र कुरासाओ भने अंकविहिन छन् । समूह इ मा अब आइभरी कोस्टले जर्मनीसँग २० जुनमा खेल खेल्नेछ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्