बुटवल, २३ जेठ ।
ब्यापारिक केन्द्र बुटवल अमरपथमा शुक्रबारदेखी सडक महोत्सव शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हाटबजार युवा क्लबको सहजिकरणमा ब्यापारिक केन्द्र मानिने अमरपथको ब्यवसायिक सुधार र चहलपहल बढाउने गरि बृहत साँस्कृतिक कार्यक्रम सहितको सडक महोत्सव संचालन गरिएको हो ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले उद्घाटन गरेका छन । जेठ २४ गतेसम्म संचालन हुने महोत्सव अवधिमा विशेष छुट, सास्कृतिक खानाका परिकार तथा सागितिक कार्यक्रमहरु हुनेछन ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1






















