Spread the love

भैरहवा, २३ जेठ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति पदका लागि सुमन न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । उनको उम्मेदवारीसँगै क्षेत्रीय अधिवेशनलाई लिएर पार्टीभित्र चुनावी सरगर्मी बढेको छ ।

पार्टी स्थापना कालदेखि नै संगठन निर्माण, जनसम्पर्क विस्तार तथा विभिन्न अभियानमा सक्रिय रहँदै आएका न्यौपानेलाई इमानदार, समर्पित र ऊर्जाशील युवा नेताका रूपमा चिनिन्छ। क्षेत्रीय नेतृत्वका लागि उनले उम्मेदवारी सार्वजनिक गरेपछि स्थानीय तहका कार्यकर्ता तथा समर्थकहरू उत्साहित बनेका छन् ।

न्यौपानेले पार्टीलाई थप सशक्त, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन्। उनले कार्यकर्ताको भावना, सुझाव र सहभागितालाई प्राथमिकतामा राखेर संगठन सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

क्षेत्रीय अधिवेशन नजिकिँदै जाँदा न्यौपानेको पक्षमा कार्यकर्ताको समर्थन बढ्दै गएको बताइएको छ। पार्टीभित्रको लामो सक्रियता, संगठनात्मक अनुभव तथा कार्यकर्तामाझ रहेको स्वीकार्यताका कारण उनी सभापति पदका बलिया दाबेदारका रूपमा हेरिएका छन्।

स्थानीय कार्यकर्ताहरूका अनुसार पार्टीका हरेक अभियानमा अग्रपङ्क्तिमा रहेर काम गरेका न्यौपाने नेतृत्व सम्हाल्न सक्षम व्यक्तित्व हुन्। क्षेत्रीय नेतृत्वमा नयाँ ऊर्जा र प्रभावकारी कार्यशैलीको अपेक्षा गरिरहेका कार्यकर्ताले उनको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएका छन्।

आगामी क्षेत्रीय अधिवेशनले रूपन्देही–३ मा रास्वपाको भावी नेतृत्व तय गर्ने भएकाले न्यौपानेको उम्मेदवारी अहिले पार्टी वृत्तमा चर्चाको विषय बनेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्