Spread the love

काठमाडौं,२१ जेठ ।

सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा सकुशल फेला परेका छन् । हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध रहेका शेर्पालाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा भेटाएको हो ।

दावालाई हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा फेला पारिएको खोजीमा खटिएको टोलीले बताएको छ । उनी यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए ।

उनको खोजीका लागि एटके एक्सपिडिसनले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहितको उद्धार टोली परिचालन गरेको थियो । दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा उनी सम्पर्कविहीन भएका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्