Spread the love

बुटवल, २० जेठ । विश्व सुर्तिजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा बुटवलको सेमलारमा क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरपालिका वडा नं. १५ र नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीको संयुक्त आयोजना, क्रिमसन अस्पताल मणिग्राम र विषादी न्यूनिकरण अभियानको सहयोगमा सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

सचेतना कार्यक्रममा सिनियर फिजिसियन, असिस्टेन्ट प्रोफेसर डा महेशराज घिमिरेले क्यान्सर के हो, किन हुन्छ, यसका लक्षणहरु, हुन नदिनका लागि के गर्न सकिन्छ र भईहालेमा उपचारका बारेमा प्रकाश पारेका थिए । त्यस्तैगरी विषादी न्यूनिकरण अभियानका हुमाकान्त काफ्लेले विषादीयुक्त खानेकुराले मावन स्वास्थ्यमा गर्ने असर लगायतका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा बुटवल १५ स्थित नवरत्न माध्यमिक विद्यालयका विद्यार्थी, सोही वडाका जनप्रतिनीधि, टोल विकास संस्था, आमा समुहका समेत गरी १५० जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष शिव रानाले पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोगले विकराल रुप लिईरहकाले वडा वासीलाई सचेत गराउनको लागि कार्यक्रम गरिएको जानकारी गराए ।

नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष खिमबहादुर हमालले विश्वमै नसर्ने रोगले विकराल रुप लिँदै गएको बताउँदै नसर्ने रोगमा पनि सबैभन्दा बढी देखिएको क्यान्सर विरुद्धको अभियानमा अर्बुद रोग निवारण संस्थाले सचेतना अभियान सञ्चालन गरेको बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्