बुटवल, १९ जेठ ।
बुटवल उपमहानगरपालिका वडा नं. १२ तामनगर, गणेशटोलकी सुशिला बुढाथोकी अहिले १९ वर्षकी भईन । झट्ट उमेर सुन्दा र उनको अवस्था हेर्दा भने फरक छ । सुशिलाले दोहोरो कुरा गर्न सक्दिनन । राम्ररी आँखा समेत देख्निन । घरभित्र रेडियो सुनेर आमा बुबासंग बस्ने उनको दैनिकी हो ।
पूर्ण अपाङता र असक्त छोरीको स्वास्थ्य र भविष्यबारे बुबा हरि बहादुर बुढाथोकी र आमा चन्द्र कुमारी तामाङ चिन्तित छन । छोरीको स्वास्थ्य परिक्षणका लागि स्थानिय पालिकामा सम्पर्क गरेसंगै आईतबार स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, डा डिबि खत्रीसहितको टिम घरमै पुगेर सेवा दिएका छन । उनको प्रेसर जाँच, रक्त परिक्षणमार्फत मधुमेह जाच गरिएको छ ।
घरमै जन्मिएकी सुशिला शुरुमा सामान्य रहेको बुबा हरि बहादुर बुढाथोकी बताउछन । सानैमा आखाको समस्या भएको उनि स्मरण गर्छन । उनलाई बिस्तारै हुर्किदै जादा अपाङताका लक्षण देखिएको थियो । एक्लै हिडडुल गर्न नसक्ने उनको हेरचाहमा बुबा हरि प्रसाद बुढाथोकी र आमा चन्द्र कुमारी तामाङ खटिन्छन ।
नगरभित्र पूर्ण अपाङता भएका ब्यक्तिहरु जो स्वास्थ्य सेवा पाउन कठिन हुने गरेको छ । उनिहरुलाई सहज सेवा दिने गरि पालिका लागेको छ । बुटवल उपमहानगरपालिकाले घरदैलोमा चिकित्सकसहितको सेवा दिदै आएको छ । यसअघि ६० वर्षमाथिका बुबाआमाको सेवा घरदैलोमा गएर सेवा दिदै आएको पालिकाले अपाङता भएका परिवारलाई स्वस्थ्य सेवामा जोडेर अपनत्व प्रदान गरेको छ ।
सुशिला एक उदाहरणमात्र हुन । पालिकाभित्र पूर्ण अपाङता र स्वास्थ्य समस्या भएका धेरै बिरामीहरु छन । पालिकाले १९ वटै वडामा तथ्याक संकलन गरि उनिहरुसम्म पुग्ने र सेवा दिन जरुरी छ ।
भिडियो रिर्पोट





















