बुटवल, १८ जेठ ।
नेपालमा पर्यटकको बसाई लम्ब्याउन सकेमात्र पर्यटनबाट लाभ लिन सकिने एक कार्यक्रममा बोल्ने बक्ताहरुले दाबी गरेका छन । पर्यटक बसाई लम्ब्याउने गरि प्याकेज योजना बनाउन सरोकारवाला आफै अग्रसर हुनुपर्ने समेत उनिहरुले बताएका छन । बुटवल उपमहानगरपालिकाको सहयोगमा रुपन्देही उद्योग संघको आयोजनामा रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती विषयक वृहत गोष्ठीमा बोल्ने बक्ताहरुले नेपालको तराई, पहाड र हिमाललाई रमाउने, घुमाउने र चढाउने योजनाका साथ पर्यटक बसाई लम्ब्याउने गरि लाग्नुपर्ने बताए ।
हाल नेपालमा पर्यटकको बसाई १६ दिनभन्दा बढी रहेको बेला लुम्बिनीमा भने केवल डेढ दिनमात्र रहेको छ । बुद्धजन्मस्थल लुम्बिनीमा कोभिड अघिसम्म १५ लाख पर्यटक भित्रने गरेको तथ्याक रहेको छ । पछिल्लोसमय आएर यो घट्दो छ । औसतमा १३ लाख पर्यटक भित्रने गरेको छ । जसमा नेपालका अन्तरिक ७ लाख, भारतबाट २ लाख तथा अन्य बौद्ध देशबाट पर्यटकहरु भित्रने गर्दछ ।
कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै रुपन्देहीको आर्थिक विकासमा पर्यटनको सम्भावना रहेको बताए । बुद्धजन्मस्थल लुम्बिनी, आदिमानव रामापिथेकस, सामरिक महत्वको जितगढी किल्लाजस्ता धेरै ऐतिहासिक, धार्मिक सास्कृतिक महत्वका स्थलहरुलाई प्रचारप्रसार गर्दै पर्यटन आर्कषण गर्ने काममा सरोकारवाला निकायहरु लाग्नुपर्ने उनले बताए ।
कार्यक्रममा उपप्रमुख सावित्रादेवि अर्याल, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले बुद्ध परिपथलाई जोडेर पर्यटन योजना बनाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, अध्येता तथा प्राध्यापक युवराज कंडेल, लुम्बिनी विश्वविद्यालयका विभागिय प्रमुख डा.श्री प्रसाद भट्टराईले पर्यटन विकास सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।
लुम्बिनी विश्वविद्यालयका विभागिय प्रमुख डा.श्री प्रसाद भट्टराईले लुम्बिनी शान्ति, ध्यान, आरोग्यको क्षेत्र भएको बताए । रुपन्देही पर्यटनको गन्त्ब्य बनिसकेको हुदा अब उत्पादन तयार गर्नेतर्फ ध्यान दिनुपर्ने बताए । बुटवल नेपालको सबै गन्त्ब्यको ट्रान्जिट शहर भएको हुदा यहाको कल्चर बुझेर सदुपयोग गरेमा पर्यटक आर्कषक गर्न सकिने सम्भावना रहेको उनले बताए । गन्त्ब्य नक्कली बनाउने (डेष्टिनेशन डुब्लिकेशन) समस्या दीर्घकालिन गम्भिर समस्या रहेको भन्दै समयमा नै यसबारे गम्भिर हुनुपर्ने उनले सुझाव दिए ।
होटल ब्यवसायलाई उद्योग भनिरहदा यो निर्वाहमुखी चरणमा रहेको तर्क दिदै उनले भारतको नीतिगत उदाहरण दिदै उनले मादक पदार्थको बन्देश नेपालका सीमा क्षेत्र अवसरका रुपमा रहेको बताए । नेपालले यसबारे पोलिसी बनाएर जानुपर्ने उनले बताए । होटल ब्यवस्थापन र टुरिजम अध्ययन गर्ने विद्यार्थीहरुलाई कक्षा कोठामा नभई होटलमा नै ब्यवहारिक ज्ञान दिनुपर्ने बताए । लुम्बिनी विश्वविद्यालयले यसको शुरुवात गरिसकेको उनले बताए । स्पा र मसाजलाई कोर्षमा ल्याउनसके यसप्रति भएको नकारात्मक भाव अन्त्उ गर्न सकिने सम्भावना रहेको उनले बताए ।
कार्यक्रममा अध्येता तथा प्राध्यापक युवराज कंडेलले पर्यटनका लागि कथा जरुरी रहने बताए । पर्यटनको विकास गर्न सेवासंगै कथा जरुरी रहने बताए । पर्यटन सुचना केन्द्रको आवश्यकता, बुकलेट, ब्रोसरहरु तयार गर्ने काम स्थानिय सरकार अग्रसर जरुरी रहने उनको तर्क छ ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरेले स्मार्ट डिजिटल पर्फमेन्स हेर्दा आज पर्यटन सिफट हुदै पहाड र हिमालतर्फ गैरहेको बताए । यसका कारण तराईका जिल्लालाई रमाउने थलोका पूर्वाधार निमार्णमा जोड दिने तथा अर्कोतर्फ पहाडमा स्टे गर्ने खाल निमार्ण गर्नुपर्ने उनको तर्क छ । ‘एक्सन ओरियन्टेड काम गर्न जरुरी छ ।’–उनले भने ।
कार्यक्रममा संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले पर्यटकको सन्तुष्टि र बसाई लम्ब्याउने गरि सरोकारवालाहरुको पहल आजको आवश्यक भएको बताउदै थोरै भएपनि सरोकारवाला निकायहरुलाई एकतावद्ध गरि योजना निमार्णमा सहयोग हुने गरि संघबाट पहल थाल्ने बताए । स्थानिय बासिन्दाहरु बिस्थापित रोक्न र लोकल पर्यटनमा टेवा पुग्ने गरि लाग्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा संघका महासचिव सुमन बश्यालले यहाका प्राज्ञिक र ब्यवसायिक संस्थाहरुबाट नै पर्यटनको विकासमा नया पुस्तालाई जोडेर अघि बढाउने गरि योजना बनाउन सुझाव दिए ।
युवामैत्री र पर्यटनमैत्री नीति ल्याउन आग्रह
यसैबिच रुपन्देहीको पर्यटनबारे गरिएको प्यानल छलफल कार्यक्रमका बक्ताहरुले पर्यटनमा काम गर्न ढिलाई भएको बताएका छन । नीजि क्षेत्रबाट ठूलो लगानी भएपनि सरकारबाट नीतिगत समस्या समाधान नहुदा पर्यटनमा गति लिन नसकेको दुखेसो गरे । कार्यक्रममा वरिष्ठ पर्यटन ब्यवसायी माधव नेपालले युवामैत्री निति अभाव, पर्यटनमैत्री नितिगत समस्या, तीन तहको सरकार बिच समन्वयको अभाव खड्किएको बताए । ‘एक्सनमा जाने बेला भयो तर के बाट शुरु गर्ने?? यो उठान हुन जरुरी छ ।’–उनले भने । कार्यान्वयन तह कमजोर र हवाई नीतिको अभावले भएका पूर्वाधारबाट लाभ लिन नसकिने अवस्था रहेको उनले बताए । पर्यटन ऐन समयअनुकुल बनाउने, तिनतहका ऐनलाई एकिकृत बनाउने, एकद्घार कर प्रणाली, दर्ता प्रक्रिया, छिमेकी राष्ट्रसंग पोलिसि बनाउने, राष्ट्रिय सम्पत्तिको दुरुपयोग रोक्ने, उद्योगसंग जस लिएर काम गर्न पर्यटन समिति बनाएर अघि बढ्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरेले पर्यटन विकासका लागि प्राथमिकतामा पूर्वाधार र यातायातमा जोड दिनुपर्ने बताए । प्रमुख लेनमार्कहरुमा लगानी बढाउन सकेमात्र प्रतिफल प्राप्त हुने उनको तर्क छ । निजि क्षेत्रले पर्यटन धानेको उनले बताए । प्रडक्ट छ, कन्जुमर आएको छ तर प्रफिट लिन नसकिरहेको अवस्था रहेको उनले बताए ।
कार्यक्रममा नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीले नीजि क्षेत्रबाट धेरै आशाका साथ लगानी गरेको भएपनि सफलता हासिल नभएको बताए । बोर्डर हुदै आउने पर्यटकलाई सरकारको तथ्याकमा नजोड्ने हुदा यसले यकिन तथ्याकमा आउन कठिनाई रहेको बताए । नेपालमा ११ लाख पर्यटक हवाई मार्गबाट भित्रने गर्दछन तर केवल २ लाख लुम्बिनी आउने तथ्याकमा छ । गोरखपुर कनेक्टिभिटीका हिसाबमा नेपाल भित्रने महत्वपूर्ण नाका भएका उनले बताए । ‘मास टुरिजिन भित्राउने फाईदा नलिने कि लक्जरियस पर्यटक भित्राउने भन्ने अब बिकल्प रोज्नुपर्छ ।’– उनले भने । योजना बनाएर पर्यटकहरुलाई खर्च गर्ने वातावरण सृजना गर्न जरुरी छ । थाईलैण्ड र श्रीलंकाका पर्यटकहरु सिधै नेपाल भित्रेको खण्डमा भारत प्रवेश नपाउने प्रावधान बाधक भएको छ । यी पर्यटकहरु भारत हुदै प्रवेश गरेर अन्तमा लुम्बिनी भित्रने गर्दछन ।
पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसालले पर्यटकीय पूर्वाधार विकाससंग जोडिएको कार्यालयबाट कामहरु भएको बताए । उद्योग दर्ता, नबिकरण जस्ता कामहरु गर्ने, धार्मिक र सास्कृतिक पुर्वाधारमा कार्यालयबाट सहकार्यमा गर्दै आएको बताए । प्यानल छलफलमा सहजकर्ता प्रदिप आचार्यले लुम्बिनी आउने पर्यटकहरुलाई अन्य पर्यटकिय स्थलहरुमा घुमाउन सकेमात्र लाभ लिन सकिने बताए । गुणस्तरीय पर्यटकमा जोड दिनुपर्ने भन्दै उनले टुर प्याकेज, बुद्घ परिपथ योजनालार्य छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्ने सुझाव दिए ।



















