बुटवल, १४ जेठ ।
बुटवलस्थित स्कलर्स होम बोर्डिङ सेकेण्डरी स्कुलमा विद्यार्थी नेतृत्व विकास तथा लोकतान्त्रिक अभ्यासलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘स्कुल प्रिफेक्ट–२०८३’ निर्वाचन सम्पन्न गरिएको छ । निर्वाचनबाट नया नेतृत्व निर्वाचित भएको छ । निर्वाचनमा १२८ मतसहित रिति भण्डारी र ११० मतसहित प्रशिद्ध भण्डारी स्कुल प्रिफेक्ट घोषित भए । यसैगरि १०२ मत सहित अनुज पोखरेल र १०५ मतसहित सबिन गौतम भने सहायक स्कुल प्रिफेक्ट घोषित भएका छन ।
यसैगरि विद्यालयमा रहेको चार सदनहरुमध्ये रातो सदन क्याप्टेन बिपिन रायमाझी र आस्रिका अर्याल, पहेलो सदनमा श्रिनिका शर्मा र कपिल थापा, हरियो सदन एन्जिला बन्जाडे र सुयोग राना तथा निलो सदनमा अनन्त भट्टराई र प्रकृती चालिसे क्याप्टेन बनेका छन ।
विद्यालयले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारीबोध तथा मतदान संस्कृतिको विकास गर्ने उद्देश्यसहित निर्वाचन कार्यक्रम आयोजना भएको विद्यालय प्रशासन प्रमुख राजु भण्डारीले बताए । निर्वाचनमा विद्यार्थीहरूले मतदान प्रक्रियामार्फत आफ्नो प्रतिनिधि छनोट गरेका थिए । विद्यालय परिसरमै मतदान केन्द्र र मतपेटिका व्यवस्थापन गरी वास्तविक निर्वाचनजस्तै वातावरण सिर्जना गरिएको थियो ।
विद्यालय प्रशासनका अनुसार यस्तो अभ्यासले विद्यार्थीलाई लोकतान्त्रिक प्रक्रिया, नेतृत्व चयन, जिम्मेवारी र सहकार्यबारे व्यवहारिक ज्ञान प्रदान गर्ने विश्वास गरिएको छ । विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमता अभिवृद्धि हुने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । कक्षा ५ देखी कक्षा १० सम्मका करीब साढे ४ सय विद्यार्थीहरुले मतदानमा भाग लिएको थिए ।




















