बुटवल, १४ जेठ ।
स्वदेशमै रोजगारीको अवसर नभएको भन्दै विदेश पलायनको लहर बढिरहेका बेला केही युवाले भने कृषि पेशामै सम्भावना देखेर उदाहरणीय सफलता हासिल गरिरहेका छन् । यही सोचलाई व्यवहारमा बदल्दै नवलपरासीका युवा बिबेक भट्टराईले कृषि क्षेत्रमा आत्मनिर्भर बन्दै अरू युवाका लागि प्रेरणाको स्रोत बनेका छन् । सरवल नगरपालिकाका वार्ड नम्बर १ का बिबेक पछिल्लो आठ वर्षदेखी निरन्तर कृषिमा छन । ३४ बर्षिय भट्टराई पेशाले इन्जिनियर हुन ।
पाँच बिगाहा जमिन लिजमा लिएर गाउँमै व्यवसाहिक हाँस पालन गरेर धेरै युवाहरुको लागि पे्ररणाको स्रोत बनेका छन् । भट्टराईले वि स २०७५ साल देखि अभियान कृषि नामक फर्म दर्ता गरेर व्यवसायिक रुपमा हाँस पालन गर्दै आएका छन् । उनले इन्जिनियरीको कामकै सिलसिलामा गाउँमा गाउँमा पुगेर कृषि परियोजनासँग काम गरे । सोहि क्रममा उनले नेपालमा कृषिको राम्रो संभावना देखे । उनले स्वदेशमा नै कृषिमा काम गर्ने निर्णय गरे । उनको यो निर्णयलाई घर परिवार र साथीहरुबाट जोखिमपूर्ण भन्दै निरुत्साहित गरे । तर उनले हार नमानी आफनो कामलाई निरन्तरता दिदै नेपालमा पनि कृषिमा सभावना छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् ।
छिटो वृद्धि, स्वादिलो मासु र राम्रो आम्दानीको सम्भावनाका कारण अमेरिकन पेकिन हाँसको व्यवसायिक पालनतर्फ किसानहरूको आकर्षण बढ्दै गएको उनि बताउछन । उचित दाना व्यवस्थापन, सफा पानी, न्यानो वातावरण र नियमित स्वास्थ्य हेरचाहमा ध्यान दिए कम समयमा राम्रो उत्पादन लिन सकिने भएकाले पेकिन हाँस पालनलाई सम्भावनायुक्त व्यवसायका रूपमा लिन थालिएको छ ।
उनको फर्ममा अहिले दुई हजार भन्दा बढि अमेरीकन प्याकिन नामक हाँस रहेको छ । जहाबाट उनले अण्डा चल्ला र मासुको लागि जिउँदो हाँस विक्रिवितरण गर्दै आएका छन् । हाल फर्मबाट मासिक ६ हजार चल्ला उत्पादन हुने गर्दछन् । उनले उत्पादन गरेका चल्ल नेपालको पूर्व देखी पश्चिम सम्म बिक्र वितरण हुने गर्दछ । आगामी दिनमा अण्डा उत्पादन बढाउने योजना उनको छ । सेतो हाँसको मासु स्वास्थको लागी पनि राम्रो मानिने भएकाले बजारमा यसको माग बढदो छ । ४५ देखी ६० दिन भित्र मासु खानको लागि योग्य र उत्पादकत्व बढि हुने भएकाले यो प्रजातिको हाँस ब्यवसायिक हिसाबमा किसानलाई राम्रो छ । अन्य पोल्टी व्यवसायको तुलनामा यस प्रजातिमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले पालन गर्न सहज रहेको उनी बताउँछन् ।
हाँस पालन गर्न चाहने किसानका लागि आवश्यक प्रविधिक ज्ञानहरु समेत उनले दिने गरेका छन् । कृषिमा लगानि गरेर छिटो प्रतिफल लिन नकिने र कामलाई निरन्तरता र धैर्यताका साथ अगाडि बढन सके सफलता प्राप्त गर्न सकिने उनको अनुभव छ । मेहेनत, अनुसासन, धैर्यता र सहि योजना भए स्वदेशमा कृषिमा आर्थिक लाभ लिन सकिने बलियो सम्भावना रहेको उदाहरण उनले दिएका छन । नेपालमा कृषिको संभावना भए पनि युवाहरुलाई आकर्षित गर्न राज्यको प्रयाप्त ध्यान पुग्न सकेको छैन । कृषिमा युवाहरुको सहभागिता बढाउन सरकारले विशेष कृषि नीति, प्रोत्साहान र अभिभावकत्वको भूमिका खेल्नु आवश्यक देखिन्छ ।
भिडियो रिर्पोट



















