दाङ, १४ जेठ ।
नेपाल तेक्वान्दो संघ, लुम्बिनी प्रदेश तेक्वान्दो संघको छैठौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेसनबाट विमल रिजालको अध्यक्षतामा १६ सदस्यीय नया नेतृत्व चयन गरेको छ । दाङमा भएको अधिवेसनबाट संघको उपाध्यक्ष पदमा विनिल के.सी., राजिव सिंह क्षेत्री, सचिव पदमा मोहन सुनार तथा कोषाध्यक्ष पदमा देवबहादुर के.सी. निर्वाचित भएका छन ।
त्यसैगरी सदस्यहरुमा रितु राना, बसबहादुर वि.क., दुर्गा बहादुर खड्का, सचिन पौडेल, डम्बर बहादुर बुढाथोकी, वीरबहादुर रावत (विक), दिपेन्द्र रिजाल, सपना बस्नेत, नारायणी कुमारी वली, श्याम घर्ती तथा सावित्रा गुरुङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । पूर्व प्रकाशित निर्वाचन कार्यक्रमअनुसार जेठ १४ गते हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारमध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिएपछि अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन समितिले जनाएको छ ।
कार्यक्रममा नेपाल टेक्वान्दो संघका अध्यक्ष दिप राज गुरुङ्गले उद्घाटन गर्दै खेल र खेलाडीहरुको हकहितमा संस्थागत रुपमा लाग्न जरुरी रहेको बताए ।
कार्यक्रममा लुम्विनी प्रदेश खेलकुद परिषदका कोषाध्यक्ष मुक्ती प्रसाद न्यौपाने, नेपाल तेक्वान्दो संघका महासचिव हेमन्त होगी, राष्ट्रीय पुम्से प्रशिक्षक कविराज खड्गी लगायतले मार्शल आर्ट खेल र अन्तराष्ट्रिय मंचमा उपलब्धिबारे प्रकाश पारे ।




















