Spread the love

बुटवल, १४ जेठ ।
हेटौंडामा जारी युथ ओपन बक्सिङ्ग प्रतियोगिता २०८३ मा रुपन्देहीका ३ जना खेलाडी अन्तिम चारमा स्थान बनाएका छन । बिहिबार भएको ५० केजी तौल समुहमा यु–१९ का सागर खनाल, ६५ केजी तौल समुहमा यु–१९ का अभिनव क्षेत्री र ६५ केजी तौल समुहमा यु–२२ का बिवेक थापा अन्तिम चारमा स्थान बनाएका हुन ।

सागर खनालले आफनो समुहमा कन्चनपुरका सन्दिप बिष्टलाई, अभिनव क्षेत्रीले झापाका अन्जन मल्ल ठकुरी तथा बिवेक थापाले मकवानपुरका सोरन राईलाई पराजित गरेका हुन ।

रुपन्देहीबाट खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको रुपन्देही बक्सिङ्ग संघका अध्यक्ष राजु गुरुङले बताए । जेठ १३ देखि १६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीबाट ६ जना खेलाडी तथा प्रशिक्षक, ब्यवस्थापकहरु सहभागीता जनाएका छन । युवा खेलाडी उत्पादनमा अग्रसर रहेका संघलाई खेलस्थानको अभावका कारण खेलाडीहरुको प्रशिक्षणमा समस्या रहेको अध्यक्ष गुरुङले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्