Spread the love

रुपन्देही, १४ जेठ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ पर्साचोक क्षेत्रबाट अवैध मदिरा ढुवानीमा संलग्न एक पिकअप गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले भैरहवाबाट तौलिहवातर्फ जाँदै गरेको लु १ च ९९५६ नम्बरको पिकअप गाडीलाई शंकाको आधारमा रोकी चेकजाँच गर्दा अवैध रूपमा मदिरा ओसारपसार भइरहेको फेला परेको हो ।

जाँचका क्रममा पिकअपमा बर्फी प्रिमियम ब्लेन्ड र बर्फी डायमण्ड लन्डन नामक मदिरा १०५ कार्टुन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रत्येक कार्टुनमा ४८ पिसका दरले जम्मा ५ हजार ४० बोतल मदिरा रहेको र केही बोतलको बिर्को खोलिएको तथा केहीमा सिल तोडिएको अवस्थामा नक्कली बिलबिजक बनाई अवैध रूपमा ढुवानी गरिएको पाइएको प्रहरीको भनाइ छ ।

बरामद मदिराको अनुमानित मूल्य ६ लाख ३५ हजार २५२ रुपैयाँ रहेको छ भने पिकअप गाडीको अनुमानित मूल्य २० लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । यससँगै बरामद सामान र सवारी साधनको कुल मूल्य २६ लाख ३५ हजार २५२ रुपैयाँ बराबर रहेको छ ।

प्रहरीले पिकअप चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ निवासी २९ वर्षीय आश बिक्रम चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि आन्तरिक राजश्व कार्यालय भैरहवामा बुझाएको जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्