Spread the love

बुटवल, १२ जेठ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा भन्सार छली गरी अवैध रूपमा ल्याइएका करिब १४ लाख ३३ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार जिल्लाका विभिन्न पालिका तथा सीमावर्ती क्षेत्रमा खटिएको टोलीले अन्दाजी रु. १४ लाख ३३ हजार ६ सय ५ रुपैयाँ बराबरका सामान बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा तथा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक दिनेश बहादुर कुँवरले बताए । प्रहरीले रोहिणी, सिद्धार्थनगर, बुटवल, लुम्बिनी सांस्कृतिक, सम्मरीमाई, कोटहीमाई, शुद्धोधन तथा मायादेवी गाउँपालिकाका विभिन्न स्थानबाट किराना सामग्री, तरकारी, फलफूल, कपडा, कुखुरा, कुखुराको मासु, धानको बीउ, टायल, हुक्कामा प्रयोग हुने पाइप, गहना राख्ने बट्टा लगायतका सामग्री नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका सामानमध्ये बुटवल उपमहानगरपालिका–९ स्थित आईसीआई पथबाट मोटरसाइकलसहित १९ हजार ७६९ जोर मोजा र १ हजार ८४० पिस लेडिज ब्रा बरामद गरिएको छ, जसको मूल्य करिब रु. ९ लाख ३२ हजार ८ सय रहेको प्रहरीले जनाएको छ । त्यस्तै, विभिन्न स्थानबाट मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेका ब्रोइलर कुखुरा, कुखुराको मासु, धानको बीउ तथा अन्य दैनिक उपभोग्य सामग्रीसमेत नियन्त्रणमा लिइएको छ । सीमावर्ती क्षेत्रबाट अवैध चोरी पैठारी रोक्न नियमित निगरानी र चेकजाँचलाई थप कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्