Spread the love

बुटवल, १० जेठ ।
रुपन्देहीमा सम्पन्न दोस्रो जिल्लास्तरीय तिलोत्तमा श्री शारीरिक सुगठन प्रतियोगिता २०८३ को उपाधि कुशल प्रसाद गुरुङले चुमेका छन । प्रतियोगितामा ७० केजी माथिको प्रतिष्पर्धामा प्रथम हुदै गुरुङ ओभरअल टाईटल जित्न सफल भएका हुन । उनले नगद रु १ लाख रुपैयासहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

तिलोत्तमा नगरपालिका र वुल्समेन क्लवको सहयोगमा एम बि फिटनेशको आयोजनामा भएको प्रतियोगितामा ५५ केजी तौल समूहमा श्यामबहादुर केसी प्रथम, मानस पुन मगर दोस्रो तथा हेमन्त सारु तेस्रो भए । यस्तै ६० केजी तौल समूहमा राजेन्द्र सुनार प्रथम , निश्चल पुन दोस्रो तथा प्रिन्स घले तेस्रो भएका छन् । यसैगरि ६५ केजीअन्तर्गत अमृत गहतराज प्रथम, श्यामुल गुरुङ दोस्रो र अर्विन नेपाली तेस्रो भएका हुन् । यसैगरि ७० केजीअन्तर्गत नवीन श्री प्रथम, राजन क्षेत्री दोस्रो र सुरेस बहादुर दर्नाल तेस्रो भएका हुन् ।

प्रतियोगितामा ७० केजी माथिको प्रतिष्पर्धामा कुशल प्रसाद गुरुङ प्रथम, दिनेश रिमाल द्वितीय तथा ईश्वर पुन तृतीय भए । सबै तौल समूहमा प्रथम, द्वितीय र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई क्रमश नगद बीस हजार, १५ हजार र १० हजार रुपैया, ट्रफी , मेडल र प्रमाणपत्रबाट पुरस्कृत गरिएको एमबि फिटनेसका प्रबन्ध निर्देशक तथा प्रशिक्षक मन बहादुर रानाले बताए ।

यसैगरि मेन फिजिक्सतर्फ विज्ञान थापा प्रथम हुँदै नगद २५ हजार रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै रेशम राना दोस्रो हुँदै २० हजार र रोहिल सारु तेस्रो हुँदै नगद १५ हजार रुपैया प्राप्त गरेका छन् । प्रतियोगितामा रुपन्देही जिल्लाका विभिन्न फिटनेश क्लबबाट करिब ५० जना खेलाडीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर खेलकुद विकास समिति तिलोत्तमाका संयोजक लोक पुन, अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेलाडी ललित धिमाल लगायतको उपस्थिति रहेको थियोे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्