Spread the love

काठमाडौं,९जेठ । तराईका भूभागमा आगामी तीन दिन अत्यधिक गर्मी हुने पूर्वानुमान गर्दै सरकारले हिट वेभ अर्थात् तातो हावाको लहरको चेतावनी जारी गरेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा आगामी तीन दिन अत्यधिक गर्मी हुने र तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्न सक्ने पूर्वानुमान गर्दै सरकारले हिट वेभको चेतावनी जारी गरेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सतर्क रहनुपर्ने जिल्लाहरूमा दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर रहेका छन् ।

यसैगरी कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेल्धुरा र बैतडीलाई अद्यावधिक (नियमित जानकारी लिनुपर्ने) जिल्लाको सूचीमा राखिएको छ । प्राधिकरणले शनिबार एक विशेष सतर्कता सूचना जारी गर्दै ती क्षेत्रमा मध्यम स्तरको तातो लहरको सम्भावना रहेको जनाएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्