Spread the love

बुटवल, ८ जेठ ।
समुदायमा स्तन क्यान्सरको जोखिमलाई न्यूनिकरण गर्ने अभियानका साथ लियो क्लब अफ बुटवल सिद्धबाबाले एक दिने सचेतना कार्यक्रम गरेको छ । लायन्स क्लब अफ बुटवल सिद्धबाबाको प्रायोजन तथा लियो जिल्ला परिषद् ३२५ ए, नेपाल (लियो वर्ष २०२५/२६) अन्तर्गत एरिया १ को समन्वयमा एक्सिस कलेजमा एकदिने ‘स्तन क्यान्सर सचेतना कार्यक्रम’ सम्पन्न गरेको हो ।

कार्यक्रममा वरिष्ठ अन्कोलोजिस्ट डा. सञ्जय पाण्डेले स्तन क्यान्सरको अवस्था, लक्षण, रोकथाम र उपचारबारे विस्तृत जानकारी दिए । विशेष रूपमा सेल्फ ब्रेस्ट परिक्षणको महत्व, असामान्य गाँठो वा रंगमा परिवर्तन देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्ने, स्वस्थ जीवनशैली र नियमित व्यायामले जोखिम कम गर्ने कुराबारे जानकारी दिदै उपचारमा शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी र हार्मोनल थेरापी प्रभावकारी रहेको बताए ।

कार्यक्रम क्लबका अध्यक्ष निरोष मुडभरी, उपाध्यक्ष निशान भण्डारी, पूर्व अध्यक्ष सुनिल गुप्ताले रोग लुकाएर बस्नु खतरनाक हुने भन्दै आफुहरु सचेतना कार्यक्रममा जोड दिएर यो वर्ष विद्यालयहरुमा पुग्ने बताए । कार्यक्रममा विद्यार्थी, शिक्षक तथा समुदायका सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको क्लबका इमिडिएट पास्ट प्रेसिडेन्ट प्रणेश पौडयालले बताए । यस अभियानलाई डिल्ली माया मेमोरियल ब्रेस्ट क्यान्सर फाउन्डेसन र प्रदेश फार्मेसी प्रा. लि.ले प्रायोजन गरेका थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्