बुटवल, ७ जेठ ।
कुनै बेला नेपाली राष्ट्रिय फुटबल टिमको चर्चित नाम हो, बसन्त गौचन । नेपालको यू–१६ र यू–२३ टोली हुँदै राष्ट्रिय टोलीसम्म उनले प्रतिनिधित्व गरे । आफनोसमयमा विशेषगरी सन् १९९९ मा काठमाडौंमा भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ गेम्स) मा उत्कृष्ट प्रदर्शनपछि उनी चर्चामा आएका थिए । उनै गौचन खेल जिवनपछि पनि फुटबल विकासमै लागेका छन तर फरक भुमिकामा । एउटा प्रशिक्षकका रुप ।
खेलाडी उत्पादनमा ग्रासरुटको महत्वलाई बुझेका उनि जुनियर लेभलमा खेल विकास गर्न एकेडेमीतर्फ जोड दिएका छन । उनी एएफसी बि लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनले पोखरामा पाँच वर्ष अघि बसन्त गौचन फुटबल एकेडेमी शुभारम्भ गरेका थिए । जहा साना खेलाडीहरुलाई फुटबलको कखरा सिकाउने काम हुन्छ । फुटबलको क्रेजलाई हेरेर उनले काठमाण्डौमा पनि एकेडेमी बिस्तार गरे । स्थानिय श्रोतसाधन, फुटबल प्रेमी र साथीभाईको सहयोगमा फुटबलको विकासमा लागेका उनि अहिले बुटवलमा तेस्रो शाखा खोलेका छन ।
बुटवलमा उनको एकेडेमी संचालनमा साथ दिएका छन, पूर्व फुटबलर ओम काउचा मगरले । कुनै बेला बुटवल फुटबलबाट चिनिएको ईतिहास स्मरण गर्दै काउचाले यो साख फर्काउन चाहेको बताए । ‘हामी पैसा कमाउने भन्दा पनि नया खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ लागेका छौ ।’– उनले भने । जापान बसेर फर्केका उनि अहिले बुटवलकै फुटबल क्लबहरुलाई समेटेका छन । यहीका प्रशिक्षकहरुलाई एकेडेमीमा जोडेका छन । ‘सबै मिलेर अब फुटबल विकासमा लाग्नुपर्छ ।’– उनले भने । लखन बदर्श युथ क्लब, सौभाग्य युवा क्लब, सयपत्री युवा क्लब, बिस पहत्तर युवा क्लब लगायतका क्लबहरुको यसमा सहकार्य रहेको छ ।
फुटबल खेल जीवनपछि बसन्त गौचन जापान गएर “फनरुट्स फुटबल एकेडेमी” मा प्रशिक्षकको रूपमा काम गरे । उक्त एकेडेमी जर्मन क्लब बोरुसियन डोटमुण्डासँग पनि आबद्ध रहेको छ । यो एकेडेमीमा खेल्ने युवा खेलाडीहरुलाई भविष्यमा अन्तराष्ट्रिय फुटबल एकेडेमीसंग जोड्न सहजता देखिन्छ ।
हाल ३ जना प्रशिक्षकहरुले हस्तामा ४ दिन प्रशिक्षण दिने छन । अहिले शुरुमा शुक्रबार, शनिबार, आईतबार र सोमबार हप्तामा ४ दिन बिहान ६–८ र साझ ५–८ बजेसम्म नियमित प्रशिक्षणको ब्यवस्था गरिएको उनले बताए ।
भिडियो रिर्पोट




















