बुटवल, ६ जेठ ।
गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ६ सहसचिव र २ उपसचिवको सरुवा गरेको छ । सरुवासँगै ६ जिल्लामा नयाँ सिडिओको जिम्मेवारी तोकिएको छ ।
मन्त्रालयका अनुसार ललितपुरमा नरहरि घिमिरे, भक्तपुरमा विनोदकुमार खड्का, दाङमा निश्चलराज पाण्डे, सिन्धुपाल्चोकमा शशीधर घिमिरे तथा रुपन्देहीमा विश्वप्रकाश अर्याललाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यसअघि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव माधवप्रसाद पोखरेललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, पश्चिम रुकुमको प्रमुख जिल्ला अधिकारीमा उपसचिव निशानराज गौतमलाई खटाइएको छ । गृह मन्त्रालयले प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरुवा गरिएको जनाएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















