Spread the love

बुटवल, ५ जेठ ।
वार्षिक कार्ययोजना अनुसार रुपन्देही उद्योग संघको कार्यसमिति, सल्लाहकारसहितको टोलीले एक हप्ते संस्थागत अध्ययन भ्रमण सम्पन्न गरेको छ । वैशाख ३० गतेबाट भ्रमणमा हिडेको टोलीले लमजुङ उद्योग वाणिज्य संघ, गोरखामा संस्थागत साथै पर्यटकिय र धार्मिक स्थलहरुको समेत अवलोकन भ्रमण गरेको हो ।

रुपन्देहीका उद्योगहरुबाट उत्पादन भएको सामाग्रीको मुख्य बजारमा मानिने लमजुङ र गोरखाका ब्यवसायी र उपभोक्ताहरुसंग उद्योगीहरुले प्रत्यक्ष छलफल तथा बजार क्षेत्रको अवलोकन गरेको संयोजक वरिष्ठ उपाध्यक्ष जीवकान्त काफ्लेले बताए । भ्रमण टोलीमा संघका अध्यक्ष कृष्णप्रसाद पराजुली, निवर्तमान अध्यक्ष दिलिप सापकोटा, सल्लाहकार हिरामणी भट्टराई, ऋषि भण्डारी, ज्ञानप्रसाद अर्याल, लालहरि पाण्डे, रामप्रसाद आचार्यसहित पदाधिकारी, सदस्यहरू तथा प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी रहेका थिए ।

रुपन्देही उद्योग संघको टोलीलाई लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठ, महासचिव विपिन श्रेष्ठले स्वागत गर्दै दुई क्षेत्रको ब्यापारिक सम्बन्धबारे प्रष्ट पारे ।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले २०३५ सालमा स्थापना भएको संघ र २०३२ सालमा स्थापना भएको लमजुङ उद्योग वाणिज्य संघसँग सहकार्य ऐतिहासिक र निक्कै पुरानो भएको बताए । बेशीशहरको कार्यक्रमपछि टोली पर्यटकीय क्षेत्र घलेगाउँ पुगेको थियो । घलेगाउँको अवलोकनपछि संघका सल्लाहकार ऋषि भण्डारीले रुपन्देहीसँग जोडिएका पहाडी क्षेत्रहरुमा पनि पर्यटकिय विकासका योजना अघि सार्न सकिने प्रशस्त संभावना रहेको बताए ।

यसैगरि टोली गोरखा दरबार, कुरिनटार, मनकामना दर्शन गरी रुपन्देही फर्केको थियो । उद्योगी–व्यवसायीबीच अनुभव आदान–प्रदान, पर्यटन प्रवद्र्धन तथा संस्थागत सम्बन्ध विस्तारमा भ्रमण फलदायी भएको संघका महासचिव सुमन बस्यालले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्