Spread the love

बुटवल, ५ जेठ ।
वैदेशिक शिक्षामा रुचि राख्ने विद्यार्थीहरूलाई लक्षित गर्दै पाथवे बुटवल एब्रोड स्टडीले बुटवलमा ‘क्यानडा एजुकेशन फेयर’ आयोजना गर्ने भएको छ । आगामी जेठ २४ गते आईतबार हुने उक्त फेयर बुटवलकै ठूलो क्यानडा शिक्षा मेलाका रूपमा रहेको पाथका प्रबन्ध निर्देशक सुरज ज्ञवालीले बताए ।

बुटवलको अमरपथस्थित सिंह कम्प्लेक्समा मुख्य कार्यालय परिसरमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने फेयरमा क्यानडाका १० भन्दा बढी कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने उनले बताए । क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई प्रत्यक्ष परामर्श र सही मार्गदर्शन दिने उद्देश्यले फेयर आयोजना गर्न लागेको उनी बताउछन । मेलामा ट्रेन्ड युनिर्भसिटि, लेकहेड युनिर्भसिटि, रेड डियर पोलिटेक्निक, सेन्ट चेयर कलेज, अल्गोमा युनिर्भसिटि नाईजारा कलेज क्यानडा, बिसोप्स युनिर्भसिटि तथा लाउरेन्टियन युनिर्भसिटि लगायतका शैक्षिक संस्थाका प्रतिनिधिहरूसँग विद्यार्थीहरूले प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् ।

फेयरमार्फत विद्यार्थीहरूले अध्ययन कार्यक्रम, भर्ना प्रक्रिया, छात्रवृत्ति, अध्ययन अवसर तथा क्यानडामा उच्च शिक्षा सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ। साथै, कार्यक्रममा अन–स्पट एड्मिसनको सुविधा, एप्लिकेशन शुल्क छुट, आईईएलटिएस तथा पिटिई तयारी कक्षामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूका लागि गिफ्ट ह्याम्पर, खेल तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू पनि समावेश गरिने छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्