Spread the love

भैरहवा, ४ जेठ ।
भैरहवामा जारी पंचकन्या रुपन्देही सुपरलिग क्रिकेट अन्तर्गत ‘ए’ डिभिजनको खेलमा वेष्टर्न क्रिकेट क्लब जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको छ । रुपन्देही जिल्ला क्रिकेट संघको आयोजनामा सोमबार भएको खेलमा नेपथ्य तिलोत्तमा क्रिकेट क्लबलाई १ सय २ रनको फराकिलो अन्तरले पराजित गर्दै वेष्टर्न अन्तिम चारमा स्थान बनाएको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको वेष्टर्नले ४१.३ ओभरमा विकेट गुमाएर २ सय १५ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि प्रज्जवल थापाले ४६, रन्जित खत्रीले ४१, दीपेश रोक्काले ४०, सुमित नेवारले ३५, मिर्नाल गुरुङले १५ र कलम अली मुसलमानले ११ रन बनाए । नेपथ्य तिलोत्तमाका सागर भण्डारी, मौसम ढकाल र आशुतोष पाण्डेले समान ३–३ विकेट लिए ।

मध्यम लक्ष्य पछ्याएको नेपथ्य तिलोत्तमाले २५.२ ओभरमा केवल १ सय १३ रनमा समेटियो । कम स्कोरमा रोक्न वेष्टर्नका सुझाव थापाले ४, कलम अली मुसलमानले ३, अभिषेश गौतमले २ तथा देव खनालले १ विकेट लिए । नेपथ्यका अमन बोहराले २३, सन्दीप यादवले २२, विकल क्षेत्रीले १३, कुशल ढकालले ११ र लक्ष्मण कुमालले १० रन बनाए । खेलमा सुझाव थापा प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।

प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्