Spread the love

वीरगन्ज ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसार्ईलाई वीरगन्जबाट पक्राउ परेका छन् । आफ्नो अभियानको कार्यक्रमका लागि वीरगन्ज पुगेको समयमा प्रहरीले उनलाई पक्राउ गरको हो ।

स्थानीय प्रशासनले अनुमति नदिए पनि मंगलबार अभियानको कार्यक्रम गर्ने तयारी गरेको तथा गलत अफवाह फैल्याएको आरोपमा प्रसाइलाई नियन्त्रणमा लिएको प्रहरीको दाबी छ । वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरिएपछि कार्यकर्ताहरुले केहीबेर नाराबाजी गरेका थिए ।

प्रसाईं विवादास्पद अभिव्यक्तिका आधारमा २०७६ सालदेखि अहिलेसम्म धेरै पटक पक्राउ परिसकेका छन् । उनी हरेकपटक अदालतबाट छुट्ने पनि गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्