बुटवल, २ जेष्ठ ।
बुटवलमा जारी दोस्रो उपमेयर कप महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टिम नेपाल पुलिस क्लब, काठमाण्डौले चुमेको छ । शनिबार भएको फाईनलमा बलियो संकटा क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । उपाधिसंगै पुलिसले नगद २ लाख ५० हजार तथा उपविजेता संकटाभने नगद १ लाख २५ हजार रुपैयामा चित्त बुझायो ।
सिद्धेश्वर खेलमैदानमा भएको खेलमा पुलिसको जितमा एकमात्र गोल सम्झना लावतीले गरिन । उनि खेलमा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । विदेशी ३ खेलाडी र राष्ट्रिय टिमका धेरै युवा खेलाडी समेटेको संकटा खेलमा गोलका अवसर चुक्दा हार ब्यर्होनुपरेको थियो ।
प्रतियोगितामा संकटाकी लुसिया सर्वोत्कृष्ट खेलाडी घोषित भईन । यसैगरि पुलिसका सहारा लिम्बु उदयमान खेलाडी, पुलिसका मोनिका पुलामीमगर उत्कृष्ट डिफेन्स, नेपाल पुलिसका सपना राई उत्कृष्ट गोलकिपर, संकटाकी सिमरन राई उत्कृष्ट मिडफिल्डर, पुलिसकै निर्मला बिक उत्कृष्ट फरवार्ड, पुलिसकै भोला सिलवाल उत्कृष्ट कोचबाट पुरस्कृत भए । सर्वोकृष्ट खेलाडीलाई २५ हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १०÷१० हजार पुरस्कार रकमबाट पुरस्कृत गरिएको छ ।
जेष्ठ २ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राईजिङ स्टार क्लब कपिलबस्तु, पद्मा स्र्पोटस क्लब ओखलढुगा, आर एस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, मकवानपुर फुटबल एकेडेमी हेटौडा तथा आयोजक बिस पचहत्तर युवा क्लब गरि ८ टिम प्रतिस्प्रर्धामा रहेका थिए ।
एक कार्यक्रमका बिच बुटवल उपमहानगरपालिकाको प्रमुख खेलराज पाण्डेय, परिवारका अध्यक्ष सुरेन्द्र थापाले विजेता, उपविजेता खेलाडीहरु तथा उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरेका छन ।
भिडियो रिर्पोट




















