Spread the love

बुटवल, २७ वैशाख ।
बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थनमा बक्ताहरुले सामाजिक न्यायको पक्षमा पत्रकारिताका लागि जोड दिन सुझाव दिएका छन । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिवार पहिलो दिनको पहिलो सेसनमा सहभागी प्रतिनिधिहरुले पत्रकारिताको भविष्यबारे चर्चा गरे ।

हिजो, आज र भोली पनि पत्रकारिताको आवश्यकता र भविष्य रहेको उनिहरुले बताए । स्थानीय मिडिया कसरी बचाउने सम्बन्धी छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । कार्यक्रममा दैनिकका प्रधान सम्पादक/सञ्चालक डा. बालकृष्ण चापागाईँले समाज रहेसम्म पत्रकारिता रहिरहने बताए । उनले जस्तोसुकै चुनौती आए पनि पत्रकारिताको भविष्य रहेको बताए ।

लुम्बिनी सामुदायिक टेलिभिजनका अध्यक्ष एजाज आलमले सञ्चार क्षेत्र मात्र नभई आर्थिक संकटका कारण धेरै क्षेत्र प्रभावित भएको बताए । उद्योग–व्यवसाय आफै थला परेकोले पनि मिडियामा विज्ञापनको अभाव रहेको उनले बताए । ग्लोबल सञ्चार गृहका प्रबन्ध सम्पादक गौतम भुसालले अब धेरै होइन, थोरै र राम्रो मिडिया हाउसहरू आवश्यकता रहेकोमा जोड दिए । उनले स्थानीय मिडिया सङ्कटमा रहेको पनि बताए । यसै गरी रेडियो मुक्तिको स्टेसन म्यानेजर कल्पना तिवारीले मिडियालाई सेवामूलक उद्योगको रूपमा अगाडि बढाउन लागि रहेकोमा जोड दिइन् । उद्योगी–व्यवसायी र स्थानीय सरकारले मिडियालाई सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

लुम्बिनीखबरका सम्पादक/सञ्चालक कमल रायमाझीले मिडिया सञ्चालनमा चुनौती भए पनि चुनौतीलाई अवसरको रूपमा बदल्न आवश्यक रहेको बताए । उनले मिडियाभित्र पनि केही समस्या रहेको बताए । कार्यक्रमको सहजीकरण पत्रकार कपिल ज्ञवालीले गरेका थिए ।

शनिबार नै भएको स्थानीय सरकार, के गर्दैछन्, के गर्नुपर्छ भन्ने छलफल कार्यक्रममा बुटवल उपमहानगरपालिकाको उपप्रमुख सावित्रादेवी अर्यालले स्थानिय पालिकाको राम्रा र नराम्रा कामहरु केलाउन मिडियाको महत्वपूर्ण भुमिका रहने बताईन । देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले काम गर्ने क्रममा धेरै कानुनी जटिलता रहेको बताए । उनले नगरपालिकामा कर्मचारीको अभाव र स्थानीय स्रोत अत्यन्तै कम रहेको बताए । नेपाल पत्रकार महासंघ, रुपन्देहीका पूर्व अध्यक्ष डी.आर. घिमिरेले मिडियाले समस्याको उठान गरिरहनु पर्नेमा जोड दिए । उनले आलोचनाबाट डराउन नहुने बताए । उक्त कार्यक्रमको सहजीकरण पत्रकार महासंघ, रुपन्देहीको उपाध्यक्ष अस्मिना पाण्डेले गरेका थिइन ।

यसैगरि उद्यमका विषयमा गरिएको छलफलमा उद्योग–व्यवसाय फस्टाउने नीति नियम बनाउनुपर्नेमा उद्योगी–व्यवसायीले जोड दिएका छन् । उनीहरुले उद्योग–व्यवसाय सञ्चालनमा थुप्रै अवरोध रहेको बताए । रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले उद्यम गर्नका लागि धेरै अवरोधहरू रहेको बताए । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले राष्ट्रिय उत्पादनले प्राथमिकता पाउन नसकेको बताए ।

नीतिगत क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले निजी क्षेत्रको कुरा राज्यले सुन्न नचाहेको आरोप लगाए । उनले कच्चा पदार्थमा भन्सार शुल्क घटाउनुपर्नेमा जोड दिए ।

रुपन्देही व्यापार संघका अध्यक्ष प्रकाश ढकालले उद्योग–व्यापारको सम्बन्ध नङ र मासुको जस्तो भएको बताए । उनले सरकारको नीति व्यवसायमैत्री हुन नसकेको बताए । उद्योग व्यापार संघ, बुटवलका अध्यक्ष लोकनाथ पन्थीले राज्यका नीति नियम ठिक हुनुपर्ने बताए । उनले उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रमको सहजीकरण पत्रकार रेखा भुसालले गरेकी थिइन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्