बुटवल, २८ वैशाख ।
रुपन्देहीमा सामाजिक कार्यमा अग्रसर पहिलो पाईला नेपाल बुटवलको छैटौ अधिवेशनबाट गौरव खनालको अध्यक्षतामा नया नेतृत्व सर्वसम्मत चयन भएको छ । शनिबार भएको अधिवेशनबाट संस्थाको प्रथम उपाध्यक्षमा रुद्र खनाल, द्धितीय उपाध्यक्ष नरेश न्यौपाने, सचिव सन्तोष सुनार, सहसचिव रक्षा न्यौपाने, कोषाध्यक्ष विकास पौडेल र सहकोषाध्यक्ष प्रकाश जिसी निर्वाचित भएका छन् ।
यसैगरि सदस्यमा युवराज डुम्रे, सुनिता पन्थी, सुरज भुसाल, तुल्सिराम खनाल, अन्जन खनाल, संविधान पौडेल, युवराज ज्ञवाली र मनिषा यादव चयन भएका छन् ।
कार्यक्रमको एक समारोहका बिच बरिष्ठ पत्रकार टिकाराम यात्रीले उद्धघाटन गर्दै पहिलो पाईला नेपालले गरेका कामको प्रशंसा गरे । संस्थालाई निरन्तर सामाजिक काममा लाग्न आग्रह गर्दै उनले र्दीघकालिन सोच र योजनाका साथ लाग्न सुझाव दिए ।






















