काठमाडौँ — शुभमन गिलले ४४ बलमा बनाएको ८४ रनको मदतले गुजरात टाइटनसले शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्समाथि ७७ रनको एकपक्षीय जित निकालेको छ । यो जितपछि गुजरातको १४ अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ ।
गुजरातले पहिले ब्याटिङ गर्दै चार विकेटमा २ सय २९ रन बनाएको थियो । गिलले पहिलो विकेटका लागि साइ सुदर्शनसँग १ सय १८ रनको साझेदारी गरे । सुदर्शनले ५५ रन बनाए । त्यसको जवाफमा राजस्थानले १६.३ ओभरमा अलआउट हुन अगाडि १ सय ५२ रन मात्र बनाउन सक्यो ।
रविन्द्र जडेजाले बनाएको ३८ रन नै सबैभन्दा ठूलो व्यक्तिगत स्कोर रह्यो । रसिद खानले ३३ रनमा चार विकेट लिए । राजस्थान भने १२ अंकमा पाँचौं स्थानमा रह्यो ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1


















