Spread the love

बुटवल, २६ वैशाख ।
सार्वजनिक सवारी साधनका चालकहरूले लागुऔषध सेवन गर्ने गरेको विशेष सूचनाका आधारमा चलाईएको ओपरेसन डेल्टाको क्रममा रूपन्देही प्रहरीले १७ जना चालकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीको नेतृत्वमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा, जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देही तथा नेपाल लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगञ्जबाट खटिएको प्राविधिक चिकित्सकसहितको टोलीले शुक्रबार साँझ ४ बजेदेखि ६ बजेसम्म विभिन्न स्थानमा आकस्मिक चेकपोइन्ट स्थापना गरी सार्वजनिक सवारी साधनका चालकहरूको परीक्षण गरेको थियो ।

प्रहरीका अनुसार एक सय जना चालकको पिसाब परीक्षण गर्दा १७ जनामा लागुऔषध सेवन गरेको पोजेटिभ रिपोर्ट आएको हो । पक्राउ पर्नेहरूमा तिलोत्तमा–१४ का २४ वर्षीय मंजिल परियार, लुम्बिनी सांस्कृतिक नगरपालिका–३ का २२ वर्षीय इमरान अली मुसलमान, तिलोत्तमा–६ का ४८ वर्षीय कुलप्रसाद रेग्मी, सिद्धार्थनगर–१ का ३८ वर्षीय सुरज राना, लुम्बिनी सांस्कृतिक–९ का ४४ वर्षीय सरिफ अहमद, तिलोत्तमा–५ का ३० वर्षीय विशाल मगर, तिलोत्तमा–३ का ४२ वर्षीय होमबहादुर क्षेत्री र तिलोत्तमा–१२ का २३ वर्षीय दिपेश कठरिया थारु रहेका छन् ।

यस्तै बुटवल–११ का ४७ वर्षीय सूर्यबहादुर विक, बुटवल–१३ का २६ वर्षीय प्रविण सिंजाली, कैलाली चुरे गाउँपालिका–५ का २५ वर्षीय मोहन राना मगर, अर्घाखाँची पाणिनी गाउँपालिका–६ का ३२ वर्षीय सुमन परियार, दाङ तुल्सीपुर–१५ का २७ वर्षीय सन्जु चौधरी, धादिङ गजुरी–५ का २४ वर्षीय जिपसन राई, नवलपरासी रामग्राम–१६ का २८ वर्षीय सन्तोषकुमार चौधरी, बर्दघाट–४ का ३४ वर्षीय ताराप्रसाद उपाध्याय र उदयपुर चौदण्डी–९ का २५ वर्षीय विवेक राई पक्राउ परेका छन् ।

लागुऔषध सेवन गरी सवारी चलाउँदा हुन सक्ने सम्भावित दुर्घटना तथा धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले बताए । पक्राउ परेका चालकहरूलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्