Spread the love

बुटवल, २६ बैशाख ।
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय देवीनगरमा अध्ययरत विभिन्न विधाका खेलाडीहरुलाई सम्मान गरिएको छ । विद्यालयमा आयोजना गरिएको कार्यक्रममा १४ वर्ष मुनिका फुटवलमा रुपन्देही जिल्ला उत्कृष्ट भएका खेलाडीहरु, भलिवल, कवडी, एथलेटिक्स र तेक्वान्दोमा उत्कृष्ट खेलाडीहरु तथा उत्कृष्ट पन्चेबाजा बजाउने विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा लुम्विनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले खेलाडीलाई सम्मान गर्दै निरन्तर परिश्रम गरेर खेलमा लाग्न खेलाडीहरुलाई आग्रह गरे । कुनै समयमा आफु सामान्य जागिरे हुदै अहिलेको स्थानमा पुगेको उदाहरण दिदै विद्यार्थीहरुलाई आफ्नो देश आफै बनाउने गरि सीपयुक्त शिक्षामा जोड दिन आग्रह गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालय सुधारका चार खम्बाहरु भौतिक, व्यवस्थापकीय, आर्थिक र शैक्षिक सुधार तथा विद्यालयका सवल पक्ष र कमजोर पक्षहरुबारे प्रकाश पारे ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्