बुटवल, २६ बैशाख ।
दोस्रो संस्करणको उपमेयर कप महिला फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन ट्रिनेटी युवा क्लब वालिङ कठिन जितसंगै अन्तिम चारमा स्थान बनाएको छ । बीस पचहत्तर युवा परिवारको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा पद्मा स्र्पोटस क्लब ओखलढुगालाई १–० गोल अन्तरले पराजित गर्दै ट्रिनेटी अन्तिम चारमा स्थान बनाएको हो ।
सिद्धेश्वर खेलमैदानमा भएको निक्कै प्रतिस्प्रर्धात्मक खेलको चौथौ मिनेटमा ट्रिनेटीका भुमिका बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो । खेलमा फर्कन धेरै अवसर सदुपयोग गर्न चुक्दा पद्मा पहिलो खेलबाट बाहिरियो । पहिलो हाफमा आधा दर्जन गोलका अवसर पाएको थियो । खेलको ३३ औ मिनेटमा पद्माका रोशनी बोहरा क्षेत्रीले पेनाल्टी प्रहार बाहिरियो । पद्माका स्ट्राईकर पियाली रायलाई ट्रिनेटीका गोलकिपर भुमिका किसानले डिबक्सभित्र लडाएपछि पेनाल्टीको अवसरमा पाएको थियो । खेलमा ट्रिनेटीका गोलकिपर सावित्रा किसान प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन । आईतबार आयोजक बिस पचहत्तर युवा क्लब र अभिषेक चर्च नवलपरासीका बिचमा खेल हुने छ ।
दोस्रो संस्करणमा पुरस्कार राशी बृद्धि गरेर प्रथम पुरस्कार २ लाख ५० हजार, दोस्रो पुरस्कार १ लाख २५ हजार, सर्वोकृष्ठ खेलाडीलाई २५ हजार तथा अन्य विभिन्न विधाका उत्कृष्ठ खेलाडीलाई १०/१० हजार पुरस्कार रहेको परिवारका अध्यक्ष सुरेन्द्र थापाले बताए ।
एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले प्रतियोगिताको उद्घाटन गर्दै खेल पूर्वाधार संरक्षणको जिम्मेवारी सबै नगरबासीको भएको बताए । स्थानिय सरकार सहकार्य गर्न तयार रहेको भन्दै पूर्वाधार विकास गर्दै खेलाडी उत्पादनमा यहाका क्लबहरु लाग्न सुझाव दिए । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ७ का वडाअध्यक्ष पदमराज गाहा, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले प्रतियोगिताको सफलताको शुभकामना दिए ।
जेष्ठ २ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत वर्षको विजेता ट्रिनेटी युवा क्लब वालिङ, उपविजेता राईजिङ स्टार क्लब, कपिलबस्तु, पद्मा स्र्पोटस क्लब ओखलढुगा, आर एस क्लब पोखरा, नेपाल पुलिस क्लब काठमाण्डौ, संकटा क्लब काठमाण्डौ, मकवानपुर फुटबल एकेडेमी हेटौडा तथा आयोजक बिस पचहत्तर युवा क्लब गरि ८ टिमले प्रतिस्प्रर्धा गर्ने सचिव दीपक गुरुङले बताए ।




















