Spread the love

बुटवल, २५ वैशाख ।

कानुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औ स्थापना दिवस तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शेयर सदस्यहरुबाट बचत संकलन र सचेतना, रोजगार विकास गर्दै आएको सहकारीले आफ्नो स्थापना दिवसमा विविध रचनात्मक कार्यक्रम गरि मनाएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष हिरा बहादुर भलामीले सहकारी स्थापना गर्दा आईपरेका कठिनाई र समस्या स्मरण गर्दै जेष्ठ नागरिक लक्षित केन्द्र लाग्न यातायात र सेवाहरु दिदै आएको बताए ।कार्यक्रममा सहकारीका अध्यक्ष बेनप्रसाद थापाले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै सहकारी सदस्यहरुलाई क्षमता विकास र आयआर्जनमा जोड्दै गएको बताए ।

यसैबिच स्थापना दिवसमा शेयर सदस्यहरुलाई लक्षित गरि होलबडि जाच, आँखा शिविर संचालन गरिएको सहकारीका सचिव युवराज काउचाले बताए । आँखा शिविरमा १०१ जनाको परिक्षण गरिएको छ । जसमध्ये ६ जनाको मोतीबिन्दुको शल्यक्रिया गर्न सिफारिस गरिएको छ । लायन्स आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर आयोजना भएको थियो । यसैगरि १६१ जनाको स्वस्थ्य परिक्षण गरिएको थियो । दुई जना शेयर सदस्यहरु झमिसरा रास र लाल माया श्रीसलाई उपचार स्वरुप नगद १०/१० हजार रुपैया, तथा दुई जनालाई वृद्धहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा सामाजिक अभियन्ता दल बहादुर गुरुङले सहभागी सदस्यहरुलाई नेतृत्व विकास र उदमशीलताबारे अभिमुखीकरण दिएका थिए । यसैबिच सहकारीको ईतिहास, वर्तमान र विकासक्रमलाई बुझाउने गरि डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो । सहकारीमा २६ सय शेयर सदस्यहरु आवद्घ रहेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्