बुटवल, १६ वैशाख ।
रुपन्देहीमा जारी दोस्रो लखन कपको दोस्रो क्वाटरफाइनल खेल हावाहुरी र वर्षाका कारण स्थगित भएको छ । फर्साटिकर युवा क्लब, फर्साटिकर र आयोजक लखन ब्रदर्श युथ क्लब, बुटवल बिचको खेल प्रतिकुल मौसम र खराब प्रकाशको कारण स्थगित गरिएको हो ।
पहिलो हाफको खेल सम्पन्न भए तापनि दोस्रो हाफको खेल केही मिनट चल्दा चल्दै खराब प्रकाश र प्रतिकुल मौसमका कारण स्थगित गर्नुपरेको आयोजक क्लबका अध्यक्ष सुदिप खत्रीले बताए । खेलमा फर्साटिकरले १–० को अग्रता कायम राखेकाले सोही नतिजा र रोकिएको समयदेखि बाँकी खेलहरु बैशाख १७ गते बिहीबार दिनको २ बजेदेखि पूनः सूचारु हुने अध्यक्ष सुदिप खत्रीले जानकारी दिए ।
साथै बिहीबार नै हुने समपूर्ण युवा क्लब, सुपौली र चाँदनी युवा क्लब, दानापुर बिचको तेस्रो खेल निर्धारित तालिका अनुसार हुने खेल संयोजक राम थापाले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1





















